दफा
सम्पत्तिको विवरण संशोधन गर्न पाउने

(१) करदाताले सम्पत्ति विवरण पेश गरी सकेपछि त्यस्तो विवरणमा गल्ती भएको कुरा करदातालाई पछि थाहा हुन आएमा त्यस्तो गल्ती हुन गएको कारण वा आधार प्रष्ट खुलाई निजले संशोधित विवरण पेश गर्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको अवस्थामा संशोधित विवरण पेश गर्न पाइने छैन:

(क) दफा १० बमोजिम भएको कर निर्धारण आदेश प्राप्त गरेको एक वर्ष नाघेमा ।

(ख) दफा २० बमोजिम नेपाल सरकारबाट कारवाई हुन लागेको सूचना प्राप्त भएमा ।

(३) उपदफा (१) बमोजिम करदाताले संशोधित सम्पत्ति विवरण एक आर्थिक वर्षमा एक पटक भन्दा बढी पेश गर्न पाउने छैन ।

(४) कर निर्धारण भई सकेपछि पेश गरेको संशोधित सम्पत्ति विवरणको आधारमा पुन कर निर्धारण हुँदा पहिले निर्धारित कर रकममा फरक पर्न गएकोमा त्यसरी फरक परेको रकमको दश प्रतिशत थप शुल्क लाग्नेछ ।